March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार

कोरोनाविरुद्वको तेस्रो चरणको खोप अभियान आजबाट सकिँदै 

काठमाडौं, कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप अभियान अन्तर्गत तेस्रो प्राथमिकतामा परेकाहरुलाई खोप लगाउने कार्य आजबाट सकिँदैछ । तेस्रो चरणको खोप अभियान गत आइतबारबाट
शुरु भएको थियो ।

भारतीय सेरुम इन्स्टिच्युटले उत्पादन गरेको दश लाख मात्राको कोभिशिल्ड खोप भारत सरकारले अनुदानमा दिएपछि माघ १४ गतेदेखि नेपालमा खोप अभियान शुरु भएको हो ।


यसअभियान अन्तर्गत पत्रकार, पालिकाका जनप्रतिनिधिहरु, सीमा सुरक्षा पोस्टमा खटिएका सुरक्षाकर्मी तथा पहिले छुटेका स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेवक, एम्बुलेन्स तथा शववाहन चालकहरु, शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीलाई खोप लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

माघ १४ गते पहिलो र ३० गते दोस्रो प्राथमिकतामा परेकाहरुलाई खोप लगाइएको थियो । पहिलो चरणको पहिलो प्राथमिकतामा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स, शववाहन चालक, कारागारका कर्मचारी, कैदी, सफाइकर्मीलाई खोप लगाइएको थियो ।

यस्तै दोस्रो प्राथमिकतामा पत्रकार, दूतावासका कर्मचारीहरु र राष्ट्रसंघको एजेन्सीमा कार्यरत कर्मचारीलाई खोप लगाइएको थियो ।

हालसम्म तीन लाख ४० हजारभन्दा धेरैले खोप लगाइसकेका स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले फागुन २३ गतेदेखि ६० वर्षमाथिका नागरिकलाई खोप लगाउने तयारी गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको