April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

सात महिनामा ८ खर्ब ३ अर्ब बढीको विदेशी वस्तु आयात

काठमाडौं, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड-१९ को प्रभाव कम हुँदै जाँदा विदेशी वस्तुको आयातमा वृद्धि भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विदेशी वस्तुको आयात कोरोना महामारी पूर्वकै अवस्थामा फर्किएको छ । विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७-७८ को पहिलो सात महिनामा रु आठ खर्ब बढीको आयात भएको हो ।

विभागले सार्वजनिक साउनदेखि माघ मसान्तसम्मको तथ्याङ्कअनुसार रु आठ खर्ब तीन अर्ब ६४ करोड बढीको आयात भएको छ ।    

    
गत वर्षको सोही अवधिको तुलनामा शुन्य दशमलव शून्य एक प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा रु आठ खर्ब तीन अर्ब बढीको आयात भएको थियो ।

यसैगरी सात महिनाको अवधिमा रु ६९ अर्ब ९१ करोड ७० लाख बराबरको स्वदेशी वस्तु निर्यात भएको छ । गत आवको सोही अबधिको तुलनामा ७.६१ प्रतिशतले निर्यातमा वृद्धि भएको छ ।    

    
गत आवमा सोही अवधिमा रु ६४ अर्ब ९७ करोड १२ लाख बराबरको स्वदेशी वस्तु निर्यात भएको थियो । तथ्याङ्कअनुसार यो वर्ष व्यापार घाटामा शून्य दशमलव ६६ प्रतिशतले सुधार भएको छ ।

वैदेशिक व्यापारमा आयातको हिस्सा ९२ र निर्यातको हिस्सा आठ प्रतिशत छ । हिस्सागत रुपमा हेर्दा आयातको हिस्सा मात्र ०.५७ प्रतिशतले घटेको छ ।    
    
 

शीर्ष समाचार

धेरै पढिएको