February 24, 2021, Wednesday
२०७७ फाल्गुन १३, बिहीबार

संसद विघटनविरुद्ध परेकोको मुद्दामाथिको बहस सकियो

  • 22
    Shares

काठमाडौं, संसद विघटनविरुद्ध दायर रिटहरुमाथि सुनुवाई गर्दै आएको संवैधानिक इजलासमा एमिकस क्युरीका तर्फबाट राय राख्ने गर्ने क्रम शुक्रबार सकिएको छ । 

एमिकस क्युरीको पाँचौं सदस्यका रुपमा शुक्रबार वरिष्ठ अधिवक्ता गीता पाठक संग्रौलाले राय प्रस्तुत गरेसँगै बहस सकिएको हो । बहुमत प्राप्त प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न नमिल्ने संवैधानिक प्रावधान रहेको उनले तर्क गरिन् ।

संविधानको धारा ७६ का विभिन्न उपधाराअन्तर्गत सरकार गठनका लागि प्रयास गर्नुपर्ने र ती उपधारा अनुसार क्रमशः प्रयास गर्दा पनि सरकार बन्न सक्ने अवस्था नरहेमा मात्र धारा ७६ को उपधारा ७ बमोजिम प्रतिनिधिसभा विघटन हुने उनको भनाइ थियो ।

शीर्ष समाचार

धेरै पढिएको