प्रतिनिधि सभा विघटनविरुद्ध परेको मुद्दामाथिको बहस आज सकिदै

काठमाडौं, प्रतिनिधि सभा विघटनविरुद्ध परेको मुद्दामाथि संवैधानिक इजलासमा एमिकस क्युरीका तर्फबाट राय राख्ने क्रम आज सकिने भएको छ
।
एमिकसको तर्फबाट अन्तिममा वरिष्ठ अधिवक्ता गीता पाठक संग्रौलाले राय दिन सुरु गरेकी हुन् । यसअघि ४ जना वरिष्ठ अधिवक्ताले इजलासलाई राय दिइसकेका छन् ।
तीमध्ये तीन अधिवक्ता संसद विघटन गर्न नमिल्ने पक्षमा देखिएका छन् भने एक अधिवक्ताले संसद विघटन हुन सक्ने राय दिएका छन् । संग्रौलाको राय सकिएसँगै फैसला आउने मिति टुंगो लाग्ने छ ।
इजलासले सहयोगीका रुपमा नेपाल बारका तर्फबाट तीन र सर्वोच्च बारका तर्फबार दुई वरिष्ठ अधिवक्ता माग गरेको थियो ।
यस्तै वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, सतीशकृष्ण खरेल, विजयकान्त मैनाली र पूर्णमान शाक्यले यसअघि नै राय दिइसकेका छन् ।
प्रतिकृया दिनुहोस्