July 25, 2021, Sunday
२०७८ श्रावण १०, आईतवार

समाजसेवी तथा कांग्रेस नेता मित्रसेन दाहालको निधन

काठमाडौं, समाजसेवी तथा नेपाली कांग्रेसका नेता मित्रसेन दाहालको निधन भएको छ । दाहालको ५८ वर्षको उमेरमा उपचारको क्रममा ओम अस्पतालमा निधन भएको हो ।

घरमा बसीरहेको समयमा बिहान स्वास्थ्य समस्या आएपछि उपचारको लागि अस्पताल लगिएको थियो । उपचारको क्रममा दाहालको बिहान ९ बजे निधन भएको स्रोतले जनाएको छ । ओखलढुंगाबाट उम्मेदवार बनेका दाहाल लामो समय कांग्रेस पार्टीको राजनीतिमा संक्रिय थिए ।

उनले दुवै मृर्गौला प्रत्यारोपण गरेपछि ज्येष्ठ नागरिकहरुका लागि लप्सेफेदीमा आश्रम पनि निर्माण गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको