April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

फागुन २३ गतेदेखि ज्येष्ठ नागरिकलाई खोप लगाइने

काठमाडौं, सरकारले यही फागुन २३ गतेदेखि ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा इन्सिडेन्ट कमाण्ड सिस्टमको बुधबार बसेको बैठकले फागुन २३ गतेदेखि ६० वर्ष वा सोभन्दा माथिका नागरिकलाई खोप लगाइने भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् ।

भारत सरकारले उपलब्ध गराएको कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप गत माघ १४ गतेदेखि लगाउन थालिएको हो ।

पहिलो चरणमा प्राथमिकतामा परेको स्वास्थ्यकर्मी, अग्रपङ्क्तिमा काम गरेका सुरक्षाकर्मी, एम्बुलेन्स तथा शवबाहनका चालक तथा सहचालक, महिला स्वास्थ्य स्वयंसेविकालगायतलाई यहीँ माघ १४ गतेदेखि २४ गतेसम्म सो खोप लगाइएको थियो ।

यहीँ फागुन २ गतेदेखि दोस्रो प्राथमिकतामा परेका व्यक्ति जिल्लास्तरीय सरकारी कार्यालयका कर्मचारी, बैंकका कर्मचारी, पत्रकार, स्थानीय तहका कर्मचारीलाई खोप लगाउन थालिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको