August 5, 2021, Thursday
२०७८ श्रावण २१, बिहीबार

दिनेश भट्टविरुद्ध भागरथीका दाई शंकर भट्टले दिए किटानी जाहेरी

काठमाडौं, बैतडी दोगडाकेदार गाउँपालिका ७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न रहेका आरोपी दिनेश भट्टविरुद्ध किटानी जाहेरी परेको छ ।

बुधबार जिल्ला प्रहरी कार्यालय बैतडीमा दिनेशविरुद्ध भागरथीका दाई शंकर भट्टले किटानी जाहेरी दिएका हुन् । उक्त जाहेरीमा शंकरले आफ्नी बहिनी भागरथीलाई बलात्कारपछि क्रुरतापूर्वक हत्या गरेको भन्दै हदैसम्मको कारबाहीको माग गरेका छन् ।

कक्षा १२ मा अध्ययनरत भागरथी भट्ट माघ २१ गतेबाट हराएकी थिइन । भट्टको बलात्कारपछि हत्या भएको थियो । उनको शव माघ २२ गते मात्र फेला परेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको