August 5, 2021, Thursday
२०७८ श्रावण २१, बिहीबार

नेता किमकी श्रीमती वर्षपछि सार्वजनिक रुपमा कन्सर्टमा देखा परिन्

काठमाडौं, उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनकी श्रीमती एक वर्षपछि सार्वजनिक रुपमा देखा परेकी छिन् । एक वर्षसम्म पनि सार्वजनिक रुपमा नदेखिएकी रि सोल–जुको बारेमा विभिन्न उपशंकाहरु उब्जिएका थिए ।

प्रायजसो किमसँगै सार्वजनिक कार्यक्रमहरूमा देखिने रि सोल–जु गत सन् २०२० को ज्यानुअरीदेखि कतै देखा परेकी थिइनन् । जसका कारण उनी बिरामी परेको अथवा गर्भवती भएको अनुमान लगाइएको थियो ।

उनी मंगलबार मात्र किमसँग आफ्ना ससुरा किम जङ–इलको जन्मजयन्तीको अवसरमा आयोजित सांगीतिक कार्यक्रममा सहभागी भएको देखिएको त्यहाँको सरकारी संचारमाध्यमलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको