July 29, 2021, Thursday
२०७८ श्रावण १४, बिहीबार

भागरथी प्रकारण: उनकै विद्यालयका एक छात्रले बलात्कार तथा हत्या गरेको स्वीकार

बैतडी, बैतडीको दोगडाकेदार गाउँपालिका—७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार तथा हत्या गरेको उनकै विद्यालयकै एक छात्रले मंगलबार प्रहरीसमक्ष स्वीकार गरेका छन् ।

भागरथी स्थानीय सनातम धर्म माध्यामिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन् । सो विद्यालयमा अध्ययन गर्ने दिनेश भट्ट नाम गरेका ती छात्रलाई भोलि बिहान १० बजे सार्वजनिक गर्ने तयारी गरिएको प्रहरी स्रोतले जनाएको छ ।

माघ २१ गते बिहान ९ बजे घरबाट विद्यालय हिँडेकी भागरथीको बलात्कारपछि हत्या भएको थियो । माघ २१ गते साँझसम्म पनि घर नफर्केपछि खोजी सुरु गरेका परिवारले माघ २२ गते मात्रै उनको शव लवलेक जंगलको बाटोभन्दा करिब ७० मिटर तल बनमाराको झाडीभित्र फेला पारेका थिए । 

शीर्ष समाचार

धेरै पढिएको