February 27, 2021, Saturday
२०७७ फाल्गुन १५, शनिबार

पशुपतिमा राख्न लागिएको सुनको जलहरी प्राचीन स्मारक संरक्षण ऐन, २०१३ विपरीत

  • 10
    Shares

काठमाडौं, पशुपतिनाथ मूल मन्दिरको शिवलिङ्गमुनि राख्न लागिएको सुनको जलहरी प्राचीन स्मारक संरक्षण ऐन, २०१३ विपरीत रहेको वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले बताएका छन् ।

नेपाल सांस्कृतिक पत्रकार समाजले बिहीबार पशुपति क्षेत्रमा आयोजना गरेको सुनको जलहरी विषयको सांस्कृतिक चिन्तन कार्यक्रममा उनले यसअघि प्राचीन स्मारक संरक्षण ऐन बन्नुअघि नै राजा रणबहादुर शाहका पालामा शिवलिङ्गमुनि चाँदीको जलहरी राखिएको बताएका हुन् । पशुपतिनाथमा रहेका चाँदीको खराउसमेत सुनको बनाइएको छ ।

उनले भने, “ऐन उल्लङ्घन गरी सुनको जलहरी राखेमा रु पाँच हजारदेखि रु एक लाखसम्म जरिवाना र पाँच वर्षसम्म कैद हुनसक्ने व्यवस्था छ, प्राचीन स्मारक संरक्षण ऐन, २०१३ को दफा १२ को खण्ड (ग) मा यस्तो व्यवस्था गरिएको छ ।”

सम्पदा मास्न सुनको जलहरी राख्ने हठ कायमै राखे आफू अनशन बस्नेसमेत उनको भनाइ थियो । सम्पदा संरक्षण अभियानमा लागेका कानून व्यवसायी सञ्जय अधिकारीले प्राचीन स्मारक संरक्षण ऐनको दफा २ मा सम्पदालाई मौलिकरूपमा दुरुस्त राख्नुपर्ने व्यवस्था भएकाले सुनको जलहरी राख्न नसकिने बताए । सुनको जलहरी राख्ने काम नरोके आफू रिट निवेदन लिएर सर्वोच्च अदालत जाने उनको भनाइ थियो ।

शीर्ष समाचार

धेरै पढिएको