February 26, 2021, Friday
२०७७ फाल्गुन १४, शुक्रबार

समयमा काम सम्पन्न नगर्ने तीन ठेकेदार कम्पनीले बुझाए ३ करोड जरिवाना

  • 6
    Shares
सांकेतिक तस्वीर

तनहुँ, पटक–पटक म्याद थप गर्दा पनि सम्झौतानुरुप निर्माणकार्य सम्पन्न नगर्ने तीन ठेकेदार कम्पनीले रु एक-एक करोडका दरले रु तीन करोड जरिवाना बुझाएका छन् ।

सन्तोषी निर्माण सेवा प्रालि, वाइपी कन्स्ट्रक्शन र स्वच्छन्दामना जेभीले सम्झौताको १० प्रतिशतका दरले उक्त जरिवाना बुझाएका हुन् । निर्माण सम्पन्न गर्न नसकेपछि केही समयअघि भौतिक पूर्वाधार विकास मन्त्रालय गण्डकी प्रदेशका सचिव रामचन्द्र श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले आगामी चैत मसान्तभित्र सम्पन्न गर्न निर्देशन दिएको थियो ।

उक्त अवधिभित्र सन्तोषजनक तरिकाले काम नगरेको पाइएमा कालोसूचीका लागि सम्बन्धित निकायमा सिफारिस गरी पठाइने पूर्वाधार विकास कार्यालयका ओमराज ढुङ्गानाले जानकारी दिएका छन्
। कृष्णमार्गका लागि रु चार करोड, सिन्धुमार्गका लागि रु तीन करोड र श्रृगपथमार्गका लागि रु दुई करोड बजेट विनियोजन गरिएको थियो ।

उक्त मार्गअन्तर्गत विकास निर्माण भए पनि सम्पन्न गर्ने काम नभएकाले सम्पन्न गर्न ताकेता दिँदै आइएको उनले बताएका छन् । श्रृगपथमार्गको फागुन १५, कृष्णमार्गको फागुन मसान्तसम्म र सिन्धुमार्गको चैत मसान्तभित्र योजना सम्पन्न गर्ने गरी निर्देशन दिइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको