विप्लवसहित चार कम्युनिस्ट घटकले संयुक्त रणनैतिक मोर्चा घोषणा गर्दै

काठमाडौं, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार कम्युनिस्ट घटकले आज संयुक्त रणनैतिक मोर्चाको घोषणा गर्दैछन् ।
बिहिवार राजधानीको प्रज्ञा भवनमा कार्यक्रम गरेर उनीहरुले रणनैतिक संयुक्त मोर्चाको घोषणा गर्न लागेका हुन् भने उनीहरुले आन्दोलनको घोषणासमेत गर्न लागेका छन् ।
मोर्चामा विप्लव नेतृत्वको पार्टीसहित मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी सहभागी छन् ।
उनीहरुले समाजवाद जनगणतन्त्र स्थापना गर्ने उद्देशयका साथ रणनैतिक मोर्चा बनाएका हुन् ।भूमिगत रुपमा रहेका विप्लव वर्तमान सरकारप्रति आक्रामक बन्दै जाँदा अन्य चार कम्युनिस्ट घटकसँग रणनैतिक मोर्चा बनाएर सडकमा आउन लाग्नुलाई अर्थपूर्ण मानिएको छ ।
प्रतिकृया दिनुहोस्