अमेरिकी राष्ट्रपति बाइडेन र चिनियाँ समकक्षी सीबीच टेलीफोनवार्ता

वासिङ्टन, अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी चिनफिङबीच टेलिफोनमा कुराकानी भएको छ । गत जनवरी २० मा अमेरिकाको राष्ट्रपतिम नियुक्त बाइडेनले पहिलो पटक चिनियाँ समकक्षीसँग कुराकानी गरेका हुन् ।
लुनार नयाँ वर्षको पूर्वसन्ध्यामा यी दुई राष्ट्रपतिबीच केही समयअघि कुराकानी भएको अन्तरास्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।
यी दुई ठूला अर्थतन्त्र भएको देशबीचको आगामी सम्बन्ध कसरी अगाडि बढ्छ भन्नेमा संसारभरि चासो रहेको छ । यो टेलिफोन कुराकानीलाई निकै महत्वका साथ हेरिएको छ ।
बाइडेन-सीबीचको भएको कुराकानीकाबारे भने खुलाइएको छैन । यसअघि बाइडेनले चिनियाँ राष्ट्रपति सीको शरीरमा प्रजातन्त्रको हाडै नभएको पनि बताएका थिए । एजेन्सी
प्रतिकृया दिनुहोस्