March 5, 2021, Friday
२०७७ फाल्गुन २१, शुक्रबार

“कतिपय व्यक्तिमा सरकारले जे भन्यो अख्तियारले त्यही गर्छ भन्ने भ्रम छ, त्यो होइन र हुँदैन”

  • 13
    Shares

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काममा सरकारले कुनै किसिमको हस्तक्षेप नगर्ने स्पष्ट पारेका छन् ।

अख्तियारको स्थापना नै निष्पक्षरूपमा अनुसन्धान गरेर भ्रष्टाचारीलाई कानूनी दायरामा ल्याउनु रहेकाले सरकारले उक्त कार्यमा सहयोग गर्ने उनले बताए । “कतिपय व्यक्तिमा सरकारले जे भन्यो अख्तियारले त्यही गर्छ भन्ने भ्रम छ, त्यो होइन र हुँदैन ”, प्रधानमन्त्री ओलीले भने ।

संविधान र जनतालाई शिरमा राखेर अगाडि बढ्न सुझाव दिँदै उनले भ्रष्टाचारी जोसुकै भए पनि दण्डित गर्न आग्रह गरे । सरकारले अख्तियारको कामका कुनै अवरोध नगर्ने उनले प्रष्ट पारेका छन् ।

अख्तियार स्वतन्त्र रहेको र उसको काममा सरकारले हस्तक्षेप नगर्ने उनले उल्लेख गरे । भ्रष्टाचार नगर्नेलाई पनि हिलो छ्याप्नैपर्ने प्रवृत्ति देखिएको भन्दै प्रधानमन्त्री ओलीले यस्तो प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए ।

अख्तियारको काम सन्तोषजनक रहेको भन्दै उनले सरकार भ्रष्टाचार नियन्त्रणका प्रतिबद्ध रहेको प्रष्ट पारे । प्रधानमन्त्री ओलीले सरकार भ्रष्टाचारविरुद्ध शून्य सहनशील छ भन्ने कुराको पुष्टि व्यवहारबाटै प्रष्ट हुने बताए ।

भ्रष्टाचारसम्बन्धी समाचार लेख्दा सञ्चारमाध्यम जिम्मेवार बन्नुपर्नेमा उनले जोड दिए । “सञ्चारमाध्यम यथार्थ कुरा सूचित गर्न सक्रिय रहनुपर्छ”, प्रधानमन्त्री ओलीले सुझाव दिए , “भ्रष्टबाहेक यो देशमा जन्मिदैनन् भन्ने पार्न खोजिँदै छ, यो ठीक होइन ।”

शीर्ष समाचार

धेरै पढिएको