आयोगले छानविन गर्दा निष्पक्षताको मूल मन्त्रलाई कायम गर्नुपर्छ: राष्ट्रपति भण्डारी

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचारजन्य विषयमा छानविन गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निष्पक्षतालाई मूलमन्त्र बनाएर छानविन गर्न आग्रह गर्नुभएको छ ।
बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औं स्थापना दिवसको अवसरमा सम्बोधन गर्नुहुँदै उहाँले त्यस्तो आग्रह गर्नुभएको हो । भ्रष्टाचार नियन्त्रणमा सबै नागरिकको उत्तिकै महत्वपूर्ण भूमिका रहने उहाँले बताउनुभयो ।
भ्रष्टाचार नियन्त्रणका लागि सबैको साझा प्रतिवद्धताले नै मुलुकलाई समृद्धिको दिशामा अगाडि बढाउन सकिन्छ उहाँले थप्नुभयो, “भ्रष्टाचारको प्रभावकारी नियन्त्रण हुन सकेन भने राज्यका स्रोत दुरुपयोग भई राज्य प्रणालीलाई जर्जर बनाउँछ ।”
भ्रष्टाचारप्रति शुन्य सहनशीलता कायम गर्न सरकार तथा समग्र आमनागरिक त्यसमा लाग्न आवश्यक रहेको चर्चा गर्नुहुँदै राष्ट्रपति भण्डारीले भन्नुभयो, “आयोगले छानविन गर्दा निश्पक्षताको मूल मन्त्रलाई कायम गर्नुपर्छ ।” भ्रष्टाचार नियन्त्रणमा राज्यले लिएको रणनीति प्रभावकारी कार्यान्वयन गर्नमा आयोगलाई लाग्न उहाँले आग्रह गर्नुभयो ।
प्रतिकृया दिनुहोस्