February 24, 2021, Wednesday
२०७७ फाल्गुन १३, बिहीबार

लोकसेवा आयोगद्वारा समावेशी पदहरुका लागि २५४ कर्मचारीको माग

  • 9
    Shares

काठमाडौं, लोकसेवा आयोगले विभिन्न पदहरुका लागि भारी संख्यामा कर्मचारी माग गरेको छ ।

आयोगले निजामती सेवा तर्फ प्राविधिक तथा स्वास्थ्य सेवाका पाँचौ तहका आ.प्र., खुला तथा समावेशी पदहरुका लागि २५४ जना कर्मचारीको माग गरेको हो ।

लोकसेवा आयोगका अनुसार योग्यता पुगेका १८ वर्ष पुरा भई ४५ वर्ष ननाघेको नेपाली नागरिकले दरखास्त दिन सक्नेछन् ।

दरखास्त फारम फागुन १८ गते सम्म दरखास्त बुझाउनु पर्ने छ । डबल दस्तुर तिरेर फागुन २५ गतेसम्म दरखास्त बुझाउन सकिने आयोगले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको