March 3, 2021, Wednesday
२०७७ फाल्गुन १९, बुधबार

कांग्रेस–कम्युनिस्ट नमिल्दा राजाको निरंकुशता ३० वर्ष टिकेको नबिर्सौं: बाबुराम भट्टराई

  • 11
    Shares

काठमाडौं, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिनिधि सभा विघटनविरुद्ध संयुक्त आन्दोलन गर्नु हुँदैन भन्नु गम्भीर दृष्टि दोष भएको बताएका छन् ।

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले आफ्नो पार्टीले अरूसँग मिलेर आन्दोलन गर्नु हुँदैन भन्ने अभिव्यक्ति दिएलगत्तै डा. भट्टराईले सामाजिक सञ्जालमार्फत त्यस्तो सोचाइ राख्नु गम्भीर दृष्टिदोष भएको तर्क गरेका हुन ।

उनले ट्विटरमा लेखेका छन्, ‘ओली प्रतिगमनविरूद्ध संयुक्त आन्दोलन गर्नु आफ्नो पार्टीको हितमा हुन्न भन्नु गम्भीर दृष्टिदोष हो है । ‘हिजो शीतयुद्धका बाछिटा परेर कांग्रेस–कम्युनिस्ट नमिल्दा राजाको निरंकुशता ३० वर्ष टिकेको नबिर्सौं । अहिले नयाँ शीतयुद्धको छायामा त्यस्तै गल्ती दोहोरियोस्। संयुक्त संघर्षबाट कोही नभागोस्।’

J

शीर्ष समाचार

धेरै पढिएको