March 2, 2021, Tuesday
२०७७ फाल्गुन १९, बुधबार

मलेसियामा विदेशी श्रमिक बस्ने होष्टलमा कडाई

  • 19
    Shares

क्वालालम्पुर, मलेसियाले कोभिड संक्रमण फैलिन नदिन विदेशी श्रमिक बस्ने होष्टललाई व्यवस्थीत गर्ने गरी कडाई गर्ने भएको छ ।

मलेसियाको संघिय मामिला सम्वन्धि मन्त्रीले विदेशी श्रमिक बस्ने होष्टल भिडभाडपूर्ण नहोस् भनेर विशेष सजगता अपनाउने बताएका हुन् ।

मलेसियाको सरकारी सञ्चार माध्यम बनर्माका अनुसार मन्त्री अनुआर मुसाले विदेशी श्रमिक धेरै भिडभाडयुक्त होष्टलमा बस्नुपर्ने बाध्यता नहोस् भनेर कडाई गरिने बताए ।

मलेसियाले पछिल्लो समयमा विदेशी श्रमिक बस्ने होष्टलबाट कोभिड संक्रमण फैलिन सक्ने भन्दै त्यसमा कडाई गर्ने प्रयास गर्दै आएको छ ।

होष्टल बढी भिडभाडयुक्त भएमा रोजगारदाताले निक्कै ठूलो आर्थिक जरिवाना तथा कैद सजाय समेत भोग्नुपर्ने चेतावनी त्यहाँको सरकारले दिंदै आएको छ ।

शीर्ष समाचार

धेरै पढिएको