February 26, 2021, Friday
२०७७ फाल्गुन १४, शुक्रबार

उत्तराखण्डको हिमपहिरोमा बेपत्ता हुनेमा टिकापुरका ३ नेपाली पनि

  • 33
    Shares

काठमाडौं, भारतको उत्तराखण्डमा पर्ने चमौली जिल्लामा आइतबार हिमनदी फुटेर आएको भीषण बाढीमा बेपत्ता हुनेमा ३ नेपाली पनि परेका छन् । त्यहाँका स्थानीय प्रशासनले बाढीमा परी हराइरहेका १ सय १५ जनाको नाम सोमबार सार्वजनिक गरेको हो ।

जसमा नेपालका सोहन चौधरी, शंकर चौधरी र विष्णु मल्ल पनि छन् । तीनै जना कैलाली टीकापुरका बसिन्दा हुन् । बेपत्ता भएकामा सबैभन्दा बढी भारत उत्तर प्रदेशका बसिन्दा छन् । उत्तर प्रदेशका मात्र ४६ जना बपत्ता भएका हुन् ।

त्यस्तै उत्तरखण्डका ४२, झारखण्डका १३, पन्जाबका ४, बिहारका ३, नेपालका ३, पश्चिम बंगालका २, जम्मु-कस्मिरका १ र ओडिसाका १ जना छन् ।

बेपत्ताको खोजी जारी रहेकाे स्थानीय प्रशासनले जनाएको छ । बेपत्ता हुने धेरैजसाे व्यक्ति हाइड्रोपावरमै काम गर्ने मजदुर हुन् । एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको