February 26, 2021, Friday
२०७७ फाल्गुन १४, शुक्रबार

बैतडीकी भागरथीको बलात्कारपछि हत्या भएको पुष्टि

  • 1
    Share

काठमाडौं, मृतावस्थामा भेटिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको शव परीक्षण रिपोर्ट आएको छ  ।

जिल्ला अस्पताल बैतडीले जिल्ला प्रहरी कार्यालय बैतडीलाई आइतबार बुझाएको रिपोर्टमा भागरथीको बलात्कारपछि हत्या गरिएको उल्लेख गरिएको छ । सो रिपोर्टअनुसार भागरथीको बलात्कारपछि हत्या भएको पुष्टि भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक  नारायणप्रसाद अधिकारीले जानकारी दिएका छन् ।

यसअघि घटनास्थलको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको आशंका गरिएको थियो भने माघ २१ गते विद्यालय गएकी भागरथी साँझसम्म पनि घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते घर नजिकैको लबलेक जङ्गलमा विभत्स अवस्थामा फेला परेकी थिइन् ।

भागरथीको शरीरका विभिन्न अङ्गमा निलडाम र चोटपटक भएको तथा योनीबाट रगत बगेको र घाँटी निमोठिएको थियो । बलात्कारपछि हत्या भएको पुष्टि भएसँगै प्रहरीले अपराधी पत्ता लगाउने कामलाई तीव्र बनाएको जनाएको छ । 

घटना भएको दिन उक्त बाटो भएर हिँडडुल गर्ने व्यक्ति, सवारी साधनमा आवतजावत गर्ने व्यक्ति र शंका लागेका व्यक्तिलाई सोधपुछको काम भइरहेको खोचलेक प्रहरी चौकीका इञ्चार्ज मोती बमले जानकारी दिए । 

शीर्ष समाचार

धेरै पढिएको