यातायात व्यवसायलाई प्रविधिमैंत्री बनाइने

काठमाडौं, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले यातायात व्यवसायलाई प्रविधिमैंत्री बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
सोमबार सिंहदरबारस्थित् आफ्नै कार्यकक्षमा नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका पदाधिकारीसँगको सामूहिक भेटमा उनले सो कुरा बताएका हुन् ।
सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले ट्याक्सी, बस, कारलगायतका सार्वजनिक सवारी साधन संचालनको कामलाई प्रभावकारी बनाउन यातायातको क्षेत्रलाई प्रविधिमैंत्री बनाउन लागिपर्ने बताए ।
उनले ग्राहकलाई ठगिन नदिन तथा सडक जामलगायतका समस्या नहुने व्यवस्था मिलाउन पनि यातायात व्यवसायलाई प्रविधिसँग जोडेर अघि बढनुुको विकल्प नरहेको स्पष्ट पारे ।
सो अवसरमा मन्त्री गुरुङले अन्तर्राष्ट्रिय मापदण्डको आधारमा सवारी साधनहरुको संचालन र व्यवस्थापन गर्न सवारी चालकहरुलाई आग्रह समेत गरे ।
प्रतिकृया दिनुहोस्