March 7, 2021, Sunday
२०७७ फाल्गुन २४, सोमबार

मलेसियामा हरेक महिना २० नेपाली श्रमिकको मृत्यु, आत्महत्या गर्नेको संख्या बढि

  • 41
    Shares

क्वालालम्पुर, मलेसियामा कार्यरत नेपाली श्रमिकको मृत्युदर अन्य देशको तुलनामा अधिक रहेको छ । मलेसियामा हुनेगरेको नेपाली श्रमिकको आत्महत्याबारे मलेसियास्थित नेपाली दूतावासले चिन्ता व्यक्त गरेका छन् ।

नेपाली दूतावासका द्धितिय सचिव प्रतिक कार्कीले स्थानीय मिडियालाई बताए अनुसार गतबर्ष सन् २०२० भरिमा विभिन्न कारणबस मृत्यु भएका २ सय ८४ नेपाली श्रमिक मध्ये ४६ जना नेपालीले झुण्डिएर आत्महत्या गरेका हुन् ।

स्थानीय मिडिया फ्रि मलेसिया टुडेसंगको कुराकानीको क्रममा दूतावासले सन् २०१९ भरिमा मृत्यु भएका २ सय ९८ नेपाली मध्ये ४९ जनाको मृत्युको कारण आत्महत्या रहेको थियो भनें सन् २०१८ भरिमा मृत्यु भएका ३ सय ४५ जना नेपालीमध्ये ४५ जना को मृत्युको कारण पनि आत्महत्यानै रहेको थियो ।

कार्कीले मलेसियामा प्रति महिना कम्तिमा पनि २० जना नेपालीको मृत्यु भइरहेको र यो एकदमै चिन्ताजनक रहेको बताए । पछिल्लो समयमा कोभिड-१९ का कारण पनि मानिसमा निराशा बढेको हुन सक्ने अनुमान गरिएपनि यकिन भने छैन ।

क्वालालम्पुर स्थित नेपाली दूतावासले झुण्डिएर आत्महत्या गरेको भन्ने विषयमा पनि आशंका व्यक्त गरेको छ । मृत्यु प्रमाणपत्रमा झुण्डिएको भनिएपनि दूतावासले यसमा आशंका प्रकट गरेको हो । आधिकारिक कागजातमा मृत्युको कारण झुण्डिएको भनिएका कारण दूतावासले त्यसलाई पत्याउनुपर्ने द्धितिय सचिव कार्कीको भनाई छ।

शीर्ष समाचार

धेरै पढिएको