February 25, 2021, Thursday
२०७७ फाल्गुन १३, बिहीबार

नेपालको संविधान कुल्चेर ओली इतिहासमा कलंकित बने: प्रचण्ड

  • 1
    Share

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली नेपालको संविधान कुल्चेर इतिहासमा कलंकित भएको टिप्पणी गरेका छन् ।आज राजधानीमा आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठनको कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन ।

प्रचण्डले केपी ओली प्रतिगमनको बाटोमा हिँडेको आरोप पनि लगाउँदै आफू शान्ति र स्वतन्त्रताको पक्षमा उभिँदा आफूहरुको जित भएको र केपी ओलीको हार भएको समेत दाबी गरे ।

उनले भने, ‘केपीसँग परेको प्रधानमन्त्रीको निम्ति लडाइँ परेको हो पनि भन्छन्, यो सबै केपी र केपीका गुटका मान्छेले गरेको षडयन्त्र हो, हामी विचारका निम्ति, सिस्टमका निम्ति लडेको हो ।’

शीर्ष समाचार

धेरै पढिएको