म्यानमारमा सैनिक “कु” विरुद्ध आज पनि हजारौँ मानिसहरू प्रदर्शनमा उत्रिए

नेपिदअ, म्यानमारको सेनाले गत सोमबार गरेको ‘कू’को विरोधमा आज पनि हजारौँ मानिसहरू सडकमा उत्रिएका छन् ।
आम नागरिकले सेनाले चालेको अप्रजातान्त्रिक कदमको विरोधमा ठूलो सङ्ख्यामा दैनिक सडकमा प्रदर्शनमा निस्किन थालेपछि सैनिक नेतृत्वले इन्टरनेट बन्द गरिदिएको छ ।


प्रदर्शनकारीले म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकी र राष्ट्रपति विन मिन्टको विनाशर्त रिहाई गर्न माग गरेका छन् । राजधानी नेपिदअमा प्रहरीले प्रदर्शनकारीहरूलाई तितरबितर पार्न पानीको फोहोरा प्रयोग गरे पनि उनीहरूले प्रदर्शन जारी राखेका छन् ।

हालसम्म हिंसाका खबर भने नआएको जनाइएको छ ।नेतृ सुकी र राष्ट्रपति मिन्ट सहित दर्जनौं नेता तथा कार्यकर्तालाई सेनाले नजरबन्दमा राखेको छ ।एजेन्सी
प्रतिकृया दिनुहोस्