March 5, 2021, Friday
२०७७ फाल्गुन २१, शुक्रबार

फिल्म छायाँकार जनकराज अधिकारी आफ्नै अफिसमा मृत फेला

  • 36
    Shares

काठमाडौं, फिल्म तथा म्युजिक भिडियोका छायाँकार जनकराज अधिकारी मृत फेला परेका छन् । उनी काठमाडौंको गोङ्गवुस्थित आफ्नै अफिस जेसिका फिल्मस प्रालिको कार्यालयमा आइतबार साँझ मृत फेला परेका हुन् ।

केही दिनदेखि परिवारबाट सम्पर्कविहिन रहेका उनी अफिसमा भित्रबाट चुक्कुल लगाएर घाँटीमा खादाको पासो लगाएर पंखामा झुण्डिएको अवस्थामा फेला परेका म्युजिक निर्देशक तथा मोडल भुवन श्रेष्ठ मुस्कानले जानकारी दिएका छन् ।

उनको शवलाई आजै त्रिवि शिक्षण अस्पतालमा पुर्याइएको छ । उनको शवलाई भोलि अन्तिम संस्कार गरिने बताइएको छ  । परिवारसँग २ दिनदेखि सम्पर्क विहिन भएका उनकी श्रीमतीको आग्रहमा खोजतलास गर्दा उनकै सहकर्मीले अफिसमा मृत फेला पारेका थिए ।

अधिकारीले दुई फिल्म र ३ दर्जनभन्दा  बढी म्युजिक भिडियो छायाँकन गरेका छन् । उनी जेसिका फिल्मस् प्रालिका प्रोपाइटर समेत हुन् । सभार रातोपाटी

शीर्ष समाचार

धेरै पढिएको