February 26, 2021, Friday
२०७७ फाल्गुन १४, शुक्रबार

हाम्रो भूभाग नेपाली जनताको बहादुरीबाट कायम भएको हो: प्रधानमन्त्री ओली

  • 6
    Shares

काठमाडौं, प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले हाम्रा पुर्खाले लडेर सुरक्षित गरेकाले आज नेपाली भूभाग गौरवको रुपमा सुरक्षित रहेको बताएका छन् । उनले इतिहासको तथ्यपरक अध्ययन अनुसन्धान गरी त्यसलाई स्थापित गर्नमा आउँदो पुस्ताले कहिल्यै विर्सन नहुने चर्चा गरेका हुन् ।

नेपाली सेनाको ‘एकीकरण मार्ग कार्यक्रम बृहत् सेमिनार २०७७’ मा आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यस्तो बताए । “हाम्रो भूभाग नेपाली जनताको बहादुरीबाट कायम भएको हो, यसको अगुवाई विभिन्न व्यक्तित्वहरुले गर्नुभयो” नेपाली सेना, प्रहरी जे सेवामा भए पनि नेपाली जनताका छोराछोरी हुन, कोही बर्दी लगाएर लडे कोही नलगाएरै उनले थपे, “देशको भलोका लागि धेरैले पीडा, यातना सहनु पर्‍यो, त्यसलाई सबैले स्मरणमा राख्नुपर्छ ।”

यो देश चिठ्ठामा परेर आएको देश नभएर हाम्रा पूर्खाका बलिदान र योगदानले प्राप्त भएको चर्चा गर्दै प्रधानमन्त्री ओलीले सबै गढी किलाको संरक्षणको काम नेपाली सेनालाई सुम्पिएको बताए । गत वर्षको फागुन ९ गते कालु पाण्डे गढीमा गएर आफूले सरकारको तर्फबाट त्यसको जिम्मेवारी सेनालाई दिइएको सार्वजनिक गरेको उनले स्मरण गरे ।

गढीको विकास गरी पर्यटकीय स्थलकोरुपमा विकास गर्न सरकार लागिपरेको उनले प्रष्ट पारे । कालु पाण्डे समाधिस्थल वरिपरिको गढीको विकास गरी पर्यटकीय स्थलकोरुपमा विकास भइरहेको बताउँदै प्रधानमन्त्री ओलीले अन्य ठाउँको गढीलाई पनि सोहीअनुरुप विकास गर्देजाने बताए । त्यसले पूर्खाको योगदानको गौरवपूर्ण इतिहास झल्काउने उनले विश्वास व्यक्त गरे ।

शीर्ष समाचार

धेरै पढिएको