February 26, 2021, Friday
२०७७ फाल्गुन १४, शुक्रबार

सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने

  • 16
    Shares

चरीकोट, दोलखाको शैलुङ गाउँपालिकाले सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

उक्त गाउँपालिकाको अधिकांश वडामा तामाङ समुदायको बाहुल्यता रहेकोले यहीँ माघ २९ गते देखि फागुन १ गते सम्म सार्वजनिक बिदा दिने निर्णय भएको प्रमुख प्रशासकिय अधिकृत राजुप्रसाद साहले जानकारी दिएका छन् ।

ती समुदायले यही माघ ३० गते विशेष पर्वको रुपमा २८५७औ लाङ म्हे(गाई वर्ग) ल्हो सोनामा ल्होछार मनाउँदै छन् ।

गाउँपालिकाका अध्यक्ष भरत दुलालले हरेक समुदायको सांस्कृतिक रीतिरिवाज पालिकाको सम्पत्ती रहेकोले यसको संरक्षण र प्रवद्र्धन गर्न सार्वजनिक बिदा दिने घोषण गरिएको बताएका छन् ।

बनेपा–काभ्रेपलाञ्चोकको चौंरीदेउराली गाउँपालिकाले पनि तामाङ समुदायको सांस्कृतिक पर्व तथा नयाँ वर्ष २८५७औँ लाङ (म्हे) सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गाउँसभाले यही माघ २९, ३० र फागुन १ गते बिदा दिने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता विनोद घिसिङले बताएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको