February 25, 2021, Thursday
२०७७ फाल्गुन १३, बिहीबार

इजलासमा प्रधानन्यायाधीश शमशेरको प्रश्न: चुनावको वातावरण छ ? 

  • 14
    Shares

काठमाडौं, प्रतिनिधिसभा विघटनविरुद्धको रिटको सुनुवाइका क्रममा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले चुनावको वातावरण भए–नभएकोबारे प्रश्न गरेका छन् । आइतबार उनले इजलासमा यसबारे प्रश्न गरेका हुन् ।

सरकारको तर्फबाट बहस गरेका अधिवक्ता श्यामकुमार भट्टराईले राजनीतिक शक्तिको असफलता भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा जाने निर्णय गरेको बताएका छन् । उनले मुद्दाको फैसला कसैले अनुमान गरेको भन्दा फरक हुनुपर्ने बताउँदै प्रधानमन्त्रीको निर्णयअनुसार चुनाव हुनुपर्ने बताए  ।

राणाले संसद विघटनविरुद्ध सडक प्रदर्शन भइरहेको प्रति संकेत गर्दै अहिले ‘चुनावको सम्भावना छ ?’ भन्ने प्रश्न गरेका हुन् । राणाले प्रश्न गरे, ‘ फ्लोरमा वातावरण हुनुपर्यो नि होइन ? अहिले जुन वातावरण छ, त्यो (चुनाव) सम्भवना छ ?’ जबाफमा भट्टराईले जनताले फैसला गर्ने हो कि श्रीमान भन्दै चुनावको पक्षमा माहोल रहेको तर्क गरेका थिए । 

शीर्ष समाचार

धेरै पढिएको