धनगढीमा माटोको ढिस्कोमा पुरिएर ३ युवतीको मृत्यु

धनगढी, घर लिपपोत गर्न माटो लिन गएका कैलाली जानकी गाउँपालिका–९ पूर्वखैरीफाँटाका तीन महिलाको ढिस्कोमा पुरिएर शनिबार मृत्यु भएको छ । मृत्यु हुनेमा ३१ वर्षीया गंगा जयगडी, भावना वड र धनसरी विक छन् ।
दुईजनाको घटनास्थलमै र गंगाको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी मधुसूदन न्यौपानेले जानकारी दिएका छन् ।
ढिस्कोले पुरिएर घाइते भएका १२ वर्षीया काजल विक र अञ्जु जयगडी टीकापुर अस्पतालमा उपचारपछि घर फर्केका छन् । प्रहरी नायब उपरीक्षक न्यौपानेले घर पोत्नका लागि माटो लिन उनीहरू शनिबार बिहान गाउँनजिकै पर्ने कालिका सामुदायिक वनमा गएका थिए ।
माटोको ढिस्को खस्दा पुरिएर महिलाले अकालमै ज्यान गुमाउनुपर्ने घटना कैलालीमा बारम्बार दोहोरिने गरेका छन् । घर लिपपोत गर्नका लागि माटो लिन ढिस्कोबाट असुरक्षित रूपमा माटो खन्ने क्रममा यस्ता घटना हुने गरेका छन् ।सभार नेपाल समाचारपत्र
प्रतिकृया दिनुहोस्