April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार

जग्गा वितरणमा एक इन्च पनि भूमि तलमाथि भए कारबाही हुन्छ: भूमिमन्त्री तुम्बाहाङफे

file photo

काठमाडौं, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङफेले भूमिहीनलाई जग्गा धनीपूर्जा वितरणमा एक इन्च पनि तलमाथि भए दोषीलाई कारबाही गरिने चेतावनी दिएकी छन् ।

शनिबार भूमि समस्या समाधान आयोगका जिल्ला समिति अध्यक्ष तथा सदस्यहरुलाई काठमाडौंमा  निर्देशन दिंदै मन्त्री तुम्बाहाङ्फेले कानूनभन्दा बाहिर गएर काम कारबाही नगर्न निर्देशन दिएकी हुन ।

उनले भनिन, ‘तपाईंहरुले निश्चित अधिकारमात्रै दिइएको छ,’ उनले भनिन्, ‘ऐनविपरीत जानुभयो भने कानूनी दायराभित्र आउनुपर्छ। एक इन्च बाहिर जानुभयो भने कारबाही हुन्छ ।’

मन्त्री तुम्बाहाङ्फेले भूमिहीनलाई जग्गा वितरण गर्दा बिचौलियाहरु सक्रिय रहनेतर्फ सचेत गराउँदै त्यस्ता व्यक्ति र समूहबाट टाढै रहन निर्देशन दिइन । ‘पुर्जा दिलाइदिन्छु भनेर पैसा लिएर तपाईंहरुलाई प्रभावित बनाउने समूह आउँछ,’ उनको भनाइ थियो, ‘यही बेला हो सम्पत्ति जोड्छु भन्ने लागेको छ भने मनबाट हटाइदिनुहोला ।’

शीर्ष समाचार

धेरै पढिएको