
वि.सं. २००९ असार १४ गते ताप्लेजुङ जिल्लाको ढुङ्गेसाँघुमा आमा चन्द्रकला र बुबा देवीप्रसादका माइला छोराका रुपमा मदन भण्डारीको जन्म भएको थियोे । वि.संं २०५० जेष्ठ ३ गते पार्टीको कामको सिलसिलामा पोखराबाट चितवन जानेक्रममा दासढुङ्गा दुर्घटनामा मदन र संगठन विभाग प्रमुख जीवराज अश्रितको निधन भएको थियो ।
भण्डारी त्यसबेला ४१ बर्ष उमेरका मात्रै थिए । उनी नेपालको राजनीतिक वृत्तमा माक्र्सवादको नविन प्रयोगकर्ता, विचारक तथा जनताको बहुदलीय जनवाद सिद्धान्तका प्रवर्तक रहेका थिए । सोही कारण उनलाई जननेता मान्ने गरिएको थियो । पछिल्लो समय मदन भण्डारीससँग जोडेर एक दर्जनभन्दा बढी संघ संस्था सञ्चालनमा छन् ।
मदन भण्डारीका नाममा फाउन्डेसनदेखि, प्रतिष्ठान, केन्द्र, कलेजलगायत सञ्चालन छन् । ती संघ संस्थाहरुमा तत्कालीन नेकपा एमालेका महासचिव मदनकुमार भण्डारीको आइतबार ६९ औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदैछ ।भण्डारीको जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले आयोजना गर्ने कार्यक्रममा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।





