
दक्षिण काेरिया – काेरियामा रहेका नेपालीको वर्तमान अबस्था र समाधानका लागि पहलकदमी उठाउन माग गर्दै नेपाल पत्रकार महासंघ दक्षिण काेरियाले आफ्नाे कार्यक्रम समय संवादमा काेरियाका कार्यबाहक राजदुत राम सिंह थापालाई निम्त्याउने भएको छ । आइतबार साझ ७ बजे , जुन २८ तारिक उक्त कार्यक्रममा प्रस्ताेता रेश्मा राई रहेकि छिन् भने अतिथि राजदुत राम सिंह थापा रहेका छन् । उक्त कार्यक्रममा पत्रकार महासंघ दक्षिण काेरियाकाे फेसबुक पेजबाट लाइभ हुनेछ ।
काेरियामा रहेका नेपालीको वर्तमान अबस्था र काेरिया बाट नेपालमा रहेका नेपालीकाे बारेमा के कस्ताे पहल कदमि भैरहेकाे छ । विभिन्न अप्ठ्यारोमा रहेका नेपालिले के गर्न सकिन्छ लगाएत विषयमा संवाद हुने काेरिया पत्रकार महासंघका अध्यक्ष रन्जनराज कुँवरले राम्रो कान्तिपुर लाई जानकारी गराएका छन् ।
समस्यामा रहेका नेपालिले पनि प्रश्न गर्न सकिने अध्यक्ष कुँवरकाे भनाइ छ । पछिल्लो अवस्थामा दक्षिण कोरियामा कर्मथलो बनाउँदै आएका नेपालीहरुको अवस्थाका बारेमा नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले यहाँ रहेका सामाजिक अभियन्ताहरुसंग अनलाइन अन्तर्क्रिया गर्दै आइरहेको छ।
त्यस्तै यो हप्ता आइतबार जून २८ तारिकको दिन साँझ ७ बजे नेपाल पत्रकार महासंघ दक्षिण कोरियाको साप्ताहिक कार्यक्रम “समय संवादमा” दक्षिण कोरिया स्थित नेपाली राजदुतावासका कार्यवाहक राजदुत राम सिंह थापा लाई आमन्त्रित गरेको हाे ।








