
बारा जिल्लाको कलैयामा सडक हिलो भएपछि स्थिानीहरुले सडकमै धान राेपेका छन् । लगातार २ दिनको अविरल वर्षाले बाराको कलैया सडक खण्डमा हिलो भएपछि स्थानीय सरकारको सांकेतिक विरोध स्वरूप कलैया उपमहानगरपालिका वडा नम्बर ३ मा पर्ने बाटोमा स्थानीयहरुले धान रोपेकाे छ ।
बुधवार राती मात्र परेको पानीले कलैया आउने जाने ग्रामिण क्षेत्रका सडक हिलो हुँदा सर्वसाधारणलाइ आवतजावत गर्न समस्या भएको छ । कलैया उपमहानगरपालिका वडा नम्बर ३ नितनपुर सडक खण्डमा पर्ने भवानिपुर स्थित आयुर्वेद अस्पताल निर दुई दर्जन भन्दा बढि स्थानीय युवाहरु बाटोमै धान रोपी सांकेतिक विरोध गरेका हुन् ।
सडक समस्याहरुको पहिचान तथा तत्काल समस्या समाधानको लागि उक्त सांकेतिक बिरोध गरेको उनिहरुकाे भनाइ छ । पानि पर्दा एम्बुलेनस समेत आवतजावत गर्न समस्या भएको भन्दै बिरोध गर्दै सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउनको लागि रोपाई गराएकाे उनिहरुकाे भनाइ छ ।







