
घरायसी विवामै छाेराले आफ्नै बुबाकाे हत्या गरेकाेछ । रड प्रहार गरी हत्या गरेको अभियोगमा बिनोद सुनारलाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै ५५ वर्षीय बुवा चन्द्र बहादुर बिकलाई धारिलो हतियार रड प्रहार गरी हत्या गरेको अभियोगमा लिखु गाउँपालिका कालिमाटीका सुनार पक्राउ परेका हुन् ।
घरायसी विवादको कारण गत मंगलबार राति बिनोदले फलामको रडले प्रहार गर्दा गम्भीर घाइते भएका उनको वुवाको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त घटनाकाे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।





