May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

बिरगंजमा पर्साका प्रमुख प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेको स्वागत

  • 21
    Shares

बिरगंज, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा कुम्हालटोल बिरगंजद्वारा पर्साका प्रमुख प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेलाई स्वागत गरेको छ ।

सोमबार आफ्नै भवनको प्राङ्गणमा जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी प्रमुखको रुपमा नयाँ भएका प्रहरी उपरीक्षक पाण्डेलाई स्वागत गर्नुको साथै सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरुबीच परिचात्मक कार्यक्रम समेत गरिएको थियो ।

सामुदायिक सेवा केन्द्र कुम्हालटोलका अध्यक्ष रमेश चौधरीको सभापतित्व र वडा न. ५ का वडा अध्यक्ष एवं सामुदायिक सेवा केन्द्रका संरक्षक प्रदिप कुमार चौरसियाको बिशिस्ट आतिथ्यमा पर्साका प्रहरी पाण्डेको स्वागत तथा परिचात्मक कार्यक्रम सम्पन्न भएको थियो ।

स्वागत कार्यक्रममा सामुदायिक सेवा केन्द्र कुम्हालटोलका उपाध्यक्ष सियाराम नेपाली, श्रीमती सन्जु दाहाल, सल्लाहकार सुशील कुमार बर्णबाल, नेपाल पत्रकार महासघ पर्साका सचिब युवराज खड्का, प्रहरी नायब निरीक्षक गौरी शन्कर साह, सन्चारकर्मी अखिलेस साह, पवन भुगेरिया , नरेन्द्र अग्रवाल, सदस्य मनोज कुमार साह, नन्द राउत, भागवत चौधरी, सम्झना मल्ल, भवानी पौडेल, राधा महर्जन, सावित्री भुनियार, ज्ञानमाया रायमाझी, महिला प्रहरी हवल्दार सुनिता बिक लगायतकाको सहभागिता रहेको थियो ।

स्वागत सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष सियाराम नेपालीले गर्नु भएको थियो भने कार्यक्रम सन्चालन सामुदायिक सेवा केन्द्रका सल्लाहकार श्याम केसिले गर्नु भएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको