May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

प्रधानमन्त्री ओलीका कामले आफ्नै दलभित्रका विभाजनकारी आत्तिए: मुख्यमन्त्री गुरुङ

  • 11
    Shares

गण्डकी, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मध्यावधि निर्वाचन तोकिएकै समयमा हुने बताएका छन् ।  

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको संसद् विघटनको निर्णय सही भएको दाबी गर्दै ओली नेतृत्वको नेकपाले सूर्य चिन्ह लिएर निर्वाचनमा जाने दाबी गरे ।  

चौतर्फी घेराबन्दीमा परेका प्रधामन्त्री केपी शर्मा ओलीले देश र जनताको हितका लागि संसद् विघटन गरेको उनको तर्क थियो ।

‘अप्ठ्यारोमा परेका बेला देशको अदालत जनता हुन्’, उनले भने, ‘ताजा जनादेशमा जाने कुरा लोकतान्त्रिक कि अलोकतान्त्रिक ?’ उनले प्रतिगमन चाहनेले नै संसद् विघटन गरेर मध्यावधिमा जाने कदम प्रतिगामी भएको भन्दै आएको बताए ।  

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको भेलालाई बागलुङको बुर्तिबाङ बजारमा सम्बोधन गर्दै गुरुङले केपी शर्मा ओलीको प्रभावकारी कामबाट आत्तिएकाले संसद् विघटन गर्न बाध्य बनाएको आरोप लगाए ।

‘बुर्तिबाङमा देवकुमारले गरेको कामले यहाँ अरु दलहरु आत्तिएका छन्, सङ्घमा प्रधानमन्त्री ओलीका कामले आफ्नै दलभित्रका विभाजनकारी आत्तिए’,  गुरुङले भने, ‘छिमेकी रिझाउनका लागि विभाजनको बाटो खोज्ने आँफै सकिन्छन् ।’

शीर्ष समाचार

धेरै पढिएको