May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

प्रधानमन्त्रीले अदालतको अवहेलना गरेको भन्दै इजलासमा कानुन व्यवसायीको प्रश्न

  • 5
    Shares

काठमाडौं, आइतबार संसद विघटनबारे सुनुवाइ जारी रहेकाे संवैधानिक इजलासमा प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको अवहेलना गरेको भन्दै कानुन व्यवसायीले प्रश्न उठाएका छन् ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री ओलीले खुलेआम अदालतको अवहेलना गरेको भन्दै इजलासको ध्यानाकर्षण गराएका थिए ।

प्रधानमन्त्रीले सार्वजनिक मञ्चहरूमा सर्वोच्च अदालतको विषयमा हस्तक्षेप हुनेगरी अभिव्यक्ति दिइरहेको बताएका थिए ।

जवाफमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बजारका कुरा सुनिसाध्य नभएको बताए । उनले इजलासमा उठेका विषय मात्रै सुन्ने जवाफ दिएका थिए ।

‘अहिले बजारमा थुप्रै विषय आएका छन् । बजारको कुरो सुन्यो भने सबैलाई यहीँ ल्याएर जम्मा गर्नुपर्ने अवास्था छ । वर्तमान, पूर्व सबैलाई यहाँ नै ल्याएर जम्मा गर्नुपर्ने अवस्था छ, फेरि ठाउँ नहोला,’ जबराले भने ।

शीर्ष समाचार

धेरै पढिएको