May 12, 2021, Wednesday
२०७८ बैशाख २९, बुधबार

आज मुख्यमन्त्री राई र मोडल जाङ्मुको बिहेमा राष्ट्रपति देखि प्रधानमन्त्रीसम्म सहभागी हुँदै

  • 71
    Shares

काठमाडौं, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र मोडेल जाङ्मु इन शेर्पाको आज काठमाडौंको एक पार्टी प्यालेसमा बिहे हुँदैछ । ४९ वर्षीय राई र आधा कम उमेरकी जाङ्मुबीच प्रेम बिबाह हुन थालेको हो ।

बिहेपछि हुने रिसेप्सन कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी देखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई निम्तो दिइएको मुख्यमन्त्री राई निकट स्रोतले जनाएको छ ।

कोरोना महामारीका कारण काठमाडौंमा सामान्य रिसेप्सन आयोजना भएपनि विराटनगरमा भोजको आयोजना गरिने राईको सचिवालयले जनाएको छ ।

मिस मंगोल २०१८ समेत रहेको जाङ्मुसँग सामाजिक कार्यक्रमहरुमा दुई वर्षअघि पहिलोपटक राईको भेट भएको थियो र त्यसपछि उनीहरु नियमित कुराकानी तथा भेटघाटमा थिए ।

शीर्ष समाचार

धेरै पढिएको