May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

संसद विघटनविरुद्ध माइतीघरमा विरोध प्रदर्शन

काठमाडौं, संसद विघटनविरुद्ध शनिबार बृहत् नागरिक आन्दोलन समूह तथा चिकित्सा शिक्षा सुधार अभियन्ता गोविन्द केसीसहितको समूहले माइतीघरमा विरोध प्रदर्शन गरेका छन् ।

प्रत्येक शनिबार नागरिक अगुवाहरू माइतीघर मण्डलामा भेला भएर विरोध गर्दै आइरहेका छन् ।

प्रदर्शनमा ‘संवैधानिक सर्वोच्चता कायम गर, संवैधानिक निकायको कब्जा बन्द गर, असंवैधानिक नियुक्ति खारेज गर, नागरिक अघि बढ्दैछ, सर्वसत्तावाद ढल्दैछ, ओली सरकारको स्वेच्छाचारी कदमको अवज्ञा गरौं’ लेखिएका प्लेकार्ड देखाइएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको