May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

शहीदको सम्झनामा आजबाट शहीद सप्ताह शुरु 

काठमाडौं, मुलुक र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने शहीदको सम्झनामा आजदेखि शहीद सप्ताह मनाउन शुरु गरिएको छ । विक्रम सम्बत २०१२ देखि काठमाडौँ महानगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष शहीदको सम्झनामा विभिन्न कार्यक्रम गरिँदै आएको छ ।


माघ १० देखि १६ गतेसम्म मनाइने शहीद सप्ताहका लागि मूल समारोह समितिले विभिन्न कार्यक्रमको आयोजना गर्ने तयारी गरेको छ । महानगरले माघ १६ गते रत्नपार्कस्थित शान्तिवाटिकाबाट प्रभातफेरी शुरु गरी लैनचौरस्थित शहीद स्मारकमा गएर कार्यक्रम गर्ने जनाएको छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी हुनेछन् ।

आज बिहान महानगरपालिकाले शहीद शुक्रराज शास्त्रीलाई मृत्युदण्ड दिइएको स्थान पचलीमा श्रद्धाञ्जलि कार्यक्रम गरी शहीदप्रति सम्मान गरेको छ । शहीद शास्त्रीलाई बिक्रम सम्बत १९९७ आजकै दिन पचलीमा मृत्युदण्ड दिइएको थियो ।

यसबाहेक शहीद धर्मभक्त माथेमालाई सिफलमा यही माघ १३ गते र गङ्गालाल श्रेष्ठ एवम् दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा गएर श्रद्धाञ्जलि दिने कार्यक्रम रहेको महानगरपालिकाले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको