May 6, 2021, Thursday
२०७८ बैशाख २३, बिहीबार

भारत्तोलनका विश्व च्याम्पियन रुप कार्कीको हृदयघातका कारण निधन 

रुपन्देही, भारत्तोलनका विश्व च्याम्पियन रुप कार्कीको शुक्रबार बिहान निधन भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ६ भलवारी निवासी ५२ वर्षीय कार्कीको हृदयघातका कारण निधन भएको हो ।

हृदयघात भएर उपचारको लागि काठमाडौ लैजाँदै गर्दा उनको बाटोमै (मुग्लिन) निधन भएको उनको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

सन् २०१९ मा आयरल्यान्डमा चार दिवसीय मास्टर–२ प्रतियोगितामा कार्कीले दुई सय बढी देशका करिब ७ सय जना प्रतिस्पर्धीलाई पछाडि पारेर स्वर्ण पदक जितेका थिए ।

यस्तै सन् २०१९ को जुलाईमा ५०–५४ वर्ष उमेर समूह र २२० पाउण्ड वजनमा कार्कीले युएसपिएलमा स्वर्ण पदक प्राप्तसँगै आयरल्याण्डमा सम्पन्न आईपिएल प्रतियोगितामा छनौट भएका थिए ।

भारत्तोलक कार्कीले ४४–४९ वर्ष उमेर र २२० पाउण्ड वजन समूहमा सन् २०१७ मा सम्पन्न एटलान्टामा भएको युएसपीएल प्रतियोगितामा स्वर्ण पदक बिजेता हुन् । उनले नेपालमा भारत्तोलनको तालिम सचालन समेत गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको