April 18, 2024, Thursday
२०८१ बैशाख ६, बिहीबार

मुख्यमन्त्री पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव प्रदेशसभामा पेश

काठमाडौं, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव प्रदेशसभामा पेश गरिएको छ । आजको प्रदेश सभा बैठकमा नेकपाका सांसद तथा उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्रीसमेत रहेका अरुण नेपालले मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव टेबुल गरेका हुन् ।


प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको पक्षमा उभिएको, पार्टी विरोधी गतिविधि गरेको लगायतका आरोप लगाउँदै नेकपाको प्रचण्ड–नेपाल समूहका ४५ सांसदले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

टेबुल भएको प्रस्तावमाथि प्रदेश सभामा १९ गतेबाट छलफल हुने नेकपाका सांसद लक्षमण लम्सालले जानकारी दिएका छन् ।

सांसद नेपालले प्रदेश सभा बैठकमा मुख्यमन्त्री पौडेललाई नेकपाको संसदीय दलको नेताबाट पदमुक्त गरिएको र नयाँ मुख्यमन्त्रीको रुपमा अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव गरिएको बताएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको