February 28, 2021, Sunday
२०७७ फाल्गुन १६, आईतवार

ककनीका युवाहरुद्वारा पहिराेपीडित न्याैपानेलाई साढे ३ लाख सहयोग रकम हस्तान्तरण

  • 48
    Shares

काठमाडौं, हाल विदेशमा रहेका ककनी गाउँपालिकाकाका युवाहरुद्वारा पहिराेपिडित यमनाथ न्याैपानेलाई ३ लाख ५७ हजार रुपैयाँ हस्तान्तरण गरेकाे छ ।

उक्त रकम करिब ६० जना युवाहरुले २ महिनादेखि अभियान संचालन गरि पिडित न्याैपानेकाे खातामा जम्मा गरेको भनि सहयोग अभियानमा खटिएका अभियान्ताले हाम्रोकान्तिपुरलाई जानकारी दिएका छन् ।

सो अभियानताका अनुसार नुवाकोट जिल्ला ककनि गाँउपालिका वडा नं. २ साविक ओखरपौवा गा. वि. स. वडा नं. ४ माथिल्लो सिउँडेनि निवासी श्री यमनाथ न्यौपानेको बसोबास गरिरहेको घर २०७२ साल बैशाख १२ गते गएको विनाशकारि भुकम्पले पुर्ण रुपमा क्षति भएको थियाे र त्यसपछि सरकारी अनुदान ऋणधन गरि पुन: बनाएको थियोे ।

हाल उक्त घर पनि केही समय अघि गएकाे गएको सुख्खा पहिरोका कारण बस्न नमिल्ने गरि पुर्ण क्षति पुगेकाे हुँदा ककनीकै युवाहरुकाे नेतृत्वमा पिडित यमनाथ न्याैपानेलाई ३ लाख ५७ हजार रकम सहयोग प्रधान गरिएको हाे ।

शीर्ष समाचार

धेरै पढिएको