
काठमाडौं – मन्थलि ३ रामेछाप घर भइ जडिबुटि बस्ने चौतिस बर्सिय भिम बदादुर कार्कीले बैंककाे किस्ता तिर्न नसक्दा खाेलामा हाम फालि आत्माहत्या गरेका छन् । बैंकबाट किस्ता तिर्न दबाब आए पछि मनोहरा खोलामा हाम फालि आत्माहत्या गरेकाे हुनसक्ने बुझिएको छ । लक डाउनमा किस्ता हाल्न ताकेता गर्दा मानसिक रुपमा तनाब बढी आत्महत्या रोजेकाे मृतकका आफन्तकाे भनाइ छ । लकडाउन अवधिमा धेरै दिन गाडि थन्किएको र मर्मतका लागि ग्यारेजमा रखिएको अबस्थामा एक कम्पनीले पटक पटक फोन गरि किस्ता तिर्न भनेका थिए ।
अहिले तिर्न सक्दिन लक डाउन खुले पछि तिर्छु भन्दा कम्पनिले नमाने पछि उनि दुखि भैरहेका थिए कम्पनिले बा.५ ख २८४४ नम्बरको गाडि जफत गरेको हो । दुख गरेर गाडि खरिद गरेका थिए ।चिन्तामा रहेका भिम बहादुरले सोमबार बिहान ११:१५ बजे मनोहरा पुल बाट हाम फालि देहत्याग गरेकाे भक्तपुर प्रहरी नायक निरीक्षक प्रकाश बगाले ले बताएका छन् उनको सब हाल पाटन अस्पतालमा राखीएकाे छ ।





