
नेपालीहरु ल्याउन दाेस्राे पटक नेपाल एयरलाइन्स साउदी अरब उडेको छ । मंगलरबार साँझ चार्टर उडानकाे लागि जहाज साउदीकाे जद्दा उडेकाे हाे । कोरोना भाइरसको महामारीका कारण समस्यामा परेका नेपालीको उद्धार गर्न नेपाल एयरलाइन्सको जहाज मार्फत साउदी उडेको हाे । उक्त चार्टर विमानलाई सिनियर क्याप्टेन बिजय लामाले नेतृत्व गरेका छन ।
लामाले जद्दा उडान भर्नु अगाडि आफ्नो याे उडानलाई ऐतिहासिक उडान समेत भएको पाेस्ट गरेका छन । लामाले हामी अनि हाम्रो ऐतिहासिक उडान RA 2193 काठमाडौ देखि जेड्डाह ( Saudi Arabia) हाम्रा नेपाली दाइ भाइ दिदी बहिनिहरुको उद्धार उडान, भनेका छन । चर्तित पाइलट लामाले निरन्तर उद्दार फ्लाइट गरेको आज दिन भैसकेको छ । गर्दै घर नगइ होटेलमा बसेको पनि दिन भयो आज मेरो जद्दा पाँचौ उडान हाे लामाले भनेका छन ।जति सक्दो चाडो ल्याउनु पर्छ हाम्रो सबै दाइ भाइ दिदी बहिनिहरुलाई उनको मार्मिक सन्देश छ । जद्दाबाट नेपाल एयरलाइन्सको विमान बुधबार नेपाली श्रमिक लिएर स्वदेश फर्कने तालिका रहेको छ ।
पहिलो पटक साउदी अरबको रियाद पुगेको नेपाल एयरलाइन्सको विमानले जद्दामा पनि पहिलो पटक नै उडान भर्न लागेको हो ।उक्त चार्टर उडानका लागि नेपाल एयरलान्समार्फत गिल्ट ट्राभल्स र जियोल्याण्ड ट्राभल्सले बुकिङको जिम्मा पाएको छ । जसअनुसार जद्दाको चार्टर उडानमा मंगलबार दिउँसोसम्म २ सय ५३ जनाको बुकिङ भइसकेको जियोल्याण्ड ट्राभल्सका प्रबन्ध निर्देशक शरद शर्माले जानकारी दिए । ठूलो संख्यामा नेपाली रहेको साउदीमा नियमित उडान हुन सके देशको आर्थिक समृद्धिमा टेवा पुग्न सक्ने शर्माको भनाइ छ ।नेपाल एयरलाइन्सको ऐतिहासिक साउदी उडानले पर्यटन क्षेत्रमा समेत राम्रो सन्देश दिने शरद बताउछन ।
पहिलो चरणमा सरकारले साउदीबाट ३ हजार ३ सय १२ नेपालीको उद्दार गर्दैछ । साउदी स्थित नेपाली दूतावासले स्वदेश फर्कनेहरुको सूची टुंगो लगाएपछि नेपाल सरकारले निर्धारण गरेको प्राथमिकताका आधारमा उनीहरुको उद्धार भइरहेको हो । कोभिड–१९ र यसको जोखिमका कारण अन्तर्राष्ट्रिय उडानमा रोक लागे सँगै सरकारले विमान चार्टर गरेर विभिन्न देशबाट धमाधम नेपाली श्रमिकको उद्दार गरिरहेको छ।





