
सिन्धुपाल्चोक – नेपालमा काेराेना भाइरसकाे संक्रमित दिनहु बढ्न थालेकाे छ । तर सरकारकाे काम उदासिन देखिन्छ र काम भन्दा धेरै भाषणमै अल्झिन थालेकाे छ । यस्तै कुराहरुलाई मध्यनजर गर्दै नेपाली काँग्रेस बलेफी गाउँ कार्यसमितिले गाउँपालिका अध्यक्षलाई १६ बूँदे ध्यानाकर्षण पत्र बुझाएको छ । बेथितिको पराकाष्ट नाघेको भन्दै सरकारले कोरोना रोकथामको नाममा १० अर्ब खर्चिएको र त्यसको हिसाब किताब सार्वजनिक गर्नुको साटो गैरजिम्मेवार तर्क गरेर भ्रम छरेको भन्दै काँग्रेस बलेफी गाउँ कार्यसमितिले १० अर्ब को हिसाब सार्बजनिक गर्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको क्षेत्र नम्बर-१ सिन्धुपाल्चोकका क्षेत्रीय सदस्य रामकुमार लामाले जानकारी दिए ।
सरकारले गरेको भ्रष्टाचार र बलेफी गाउँपालिकामा भइरहेको बेथिति, स्थानिय सरकार सञ्चालन ऐन बिपरित काम भएको भन्दै उक्त ध्यानाकर्षण पत्र बुझाएको लामाले बताए । उनले भने,’हामीले ध्यानाकर्षण पत्र बुझाएका छौं, यसलाई कमजोरी सम्झिएर मनोमानी तरिकाले स्थानिय सरकार चलाउन खोजे अब चुप लागेर बस्न नसकिने लामाकाे भनाइ छ । उनले थप भने, ‘जनतामुखी काम गर्नुभन्दा कार्याकर्तालाई पाल्ने गरि काम भइरहेको छ । बलेफी गाउँपालिकाले कोरोना भाइरस रोकथामको नाममा गरेको खर्चको बिवरण तत्काल सार्वजनिक गर्नुपर्छ ।’ बलेफी गाउँपालिकाकाले हिसाब सार्बजनिक गर्नुपर्ने भन्दै काँग्रेसले ध्यानाकर्षण पत्र बुझाएको काँग्रेस नेता लालाकाजी तामाङले बताए ।







