
विदेशमा अलपत्र परेका नेपाली नागरिक स्वदेश फिर्ता हुने क्रम चलिरहेकाे मंगलबार दिनभरमा ५२५ जना नेपाल आएका छन् । कोभिड–१९ संकट व्यवस्थापन समितिका अनुसार कुवेतबाट १६० जना, कतारबाट १४४ जना, थाइल्याण्डबाट ७८ जना र मालदिभ्सबाट १४३ जना स्वदेश फर्किएका छन् । गाेरखापत्रमा समाचार प्रकाशन भए अनुसार यसरी नेपाल फर्कनेमा प्रदेश १ का ६७ जना, प्रदेश २ का ९१ जना, वाग्मती प्रदेशका १३० जना, गण्डकी प्रदेशका ४५ जना, प्रदेश ५ का ४९ जना, कर्णाली प्रदेशका ४ जना र सुदुरपश्चिम प्रदेशका २ जना रहेका छन् ।
मंगलबार नै अष्ट्रेलियाबाट २५८ जना नेपाली नागरिक फर्कने तयारी रहेको छ । नेपाल एयरलायन्सबाट राती १२ बजे नेपाल उत्रने जनाइएको छ । नेपाल फर्कनु भएको नेपाल नागरिकलाई उपत्यका स्थित विभिन्न होल्डिङ सेन्टरमा राखेर स्वास्थ्य परिक्षण र थप विवरण संकलन गर्ने कार्य जारी रहेको श्राेत ले बताएको छ ।







