January 26, 2021, Tuesday
२०७७ माघ १३, मंगलवार

नेपाली राष्ट्रियतालाई आघात पुर्‍याउने भारतीय सम्पादकको विवादास्पद अभिव्यक्ति

  • 2
    Shares

काठमाडौं, नेपाली राष्ट्रियतालाई निरन्तर प्रहार र आगात पुर्‍याउने उदेश्यले भारतीय न्युज च्यानल जी न्युजको टोलीले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरामाथि दाबी प्रस्तुत गर्ने मात्र होइन, सर्वोच्च शिखर सगरमाथामाथि पनि भारतले दाबी गर्नुपर्ने आपत्तिजनक रिपोर्ट प्रस्तुत गरेको छ ।

जी न्युज च्यानलका प्रधान सम्पादक सुधीर चौधरीले  सगरमाथाको नाम ‘माउन्ट एभरेष्ट’ नभएर ‘माउन्ट सिकदर’ राख्नुपर्ने बताएका हुन् । उनले भारतीय राधानाथ सिकदरले सगरमाथाको उचाई पहिलो पटक नापेको दाबी गर्दै यसको नाम पनि उनकै नामबाट राखिनुपर्ने बताएका हुन्

प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता प्रशारण गरे लगत्तै मंगलबार प्रशारित एक कार्यक्रममा च्यानलका प्रधान सम्पादक चौधरीले सगरमाथाको बेस क्याम्पमा पुगेर उनले यस्तो सो अभिव्यक्ति दिएका हुन् ।

उनले भने,
मेरोअगाडि माउन्ट एभरेस्ट छ । मलाई विश्वासै लागेको छैन कि हामी यति नजिक आउन सक्छौँ । यो माउन्ट एभरेस्टको सबैभन्दा नजिकको बिन्दु हो । यसवेला हामी १७ हजार पाँच फिट उचाइमा छौँ । यस भागलाई कालापत्थर भन्छन् । यहाँ पछाडि हाम्रो हेलिकोप्टर छ । हामी हेलिकोप्टर लिएर यहाँ आयौँ । यो ठूलो कुरा हो । हामी यति उचाइमा छौँ कि मलाई सास फेर्न पनि कठिन भएको छ । हामी यहाँ बिल्कुलै एक्लै छौँ । हाम्रो आसपास अरू कोही छैन । म छु, मेरो क्यामरापर्सन छन् । हाम्रो पाइलट पनि छन् । तर, उनी हेलिकोप्टरमै छन् । 

‘आज यो ठाउँबाट तपाईंहरूलाई म केही बताउन चाहन्छु । 

म भन्न चाहन्छु कि माउन्ट एभरेस्टमाथि भारतको पनि दाबी हुनुपर्छ । 

यो माउन्ट एभरेस्ट आरोहण गर्ने दुई मार्ग छन्, एउटा नेपालको तर्फबाट, अर्को चीनतर्फबाट । खासमा तिब्बतबाट हो, तर तिब्बतलाई चीनले आफ्नो भनी दाबी गर्छ । त्यसैले यो शिखरभन्दा उतापट्टि चीनबाट पनि माउन्ट एभरेस्ट आरोहण गर्न सकिन्छ । यो बाटो पनि छँदै छ । 

आज म यहाँ उभिएर भन्न चाहन्छु कि भारतसँग माउन्ट एभरेस्टको के साइनो छ ? वर्ष १८५२ मा राधानाथ सिकदरले पहिलोपटक माउन्ट एभरेस्टको उचाइ मापन गरेका थिए । सर्भे अफ इन्डियाले उनलाई यो जिम्मेवारी दिएको थियो । उनलाई आदेश थियो– तपाईं जानुहोस् र माउन्ट एभरेस्टको उचाइ नापेर आउनुहोस् । 

राधानाथ सिकदर बंगालका प्रख्यात गणितज्ञ थिए । उनले माउन्ट एभरेस्टको उचाइ नापे । माउन्ट एभरेस्टको उचाइ नाप्ने उनी नै पहिलो व्यक्ति थिए । भारतमा त्यसवेला अंग्रेजको शासन थियो, त्यसैले उनीहरूले आफ्नो हिसाबले नाम राखिदिए । एन्ड्रयु वा जो जर्ज एभरेस्टका उत्तराधिकारीको रूपमा सर्भे अफ इन्डियाको प्रमुख थिए । उनले यो शिखरको नाम माउन्ट एभरेस्ट राखिदिए । 

हामी भन्न चाहन्छौँ कि यो शिखरको नाम राधानाथ सिकदरको नामबाट राखिएको हुनुपथ्र्यो । आज हामी भन्न चाहन्छौँ, यो शिखरको नाम राधानाथ सिकदरको नामबाटै हुनुपर्छ । भारतले यसका लागि अभियान चलाउनुपर्छ, भारतका जनताले पनि अभियान चलाउनुपर्छ । हामीले पनि माउन्ट एभरेस्टमाथि आफ्नो दाबी पेस गर्नुपर्छ, पूरै दुनियाँका सामुन्ने । 

म आज राधानाथ सिकदरलाई याद गर्दछु । तपाईंहरू सबैको तर्फबाट, पूरै भारतवासीको तर्फबाट । उनले नै यो शिखरलाई पहिलोपटक मापन गरेका हुन् । यति ठूलो काम उनले गरे । त्यसैले माउन्ट एभरेस्टको नाम माउन्ट सिकदर हुनुपर्छ ।’

सुधीर चौधरीले कालापत्थरमा अचानक भावुक भएर यो कुरा बोलेका होइनन्, उनले यसका लागि दिल्लीबाटै नोट बोकेर आएका थिए । ठीक एक महिनाअघि २ डिसेम्बरमा स्टुडियोबाट यही दाबीसहित विस्तृत रिपोर्ट बजाएका थिए ।

‘तपाईंले माउन्ट एभरेस्टको स्मरणीय यात्रा देख्नुभयो । म त जीवनभर यो यात्रा भुल्न सक्दिनँ । हामीलाई विश्वास छ कि हाम्रो यो यात्राले तपाईंलाई माउन्ट एभरेस्टको सही अर्थ र महत्व बुझाउनेछ । 

तपाईं पनि माउन्ट एभरेस्टलाई माउन्ट सिकदर भन्ने हाम्रो अभियानमा सहभागी हुनुस् । यो अभियान आजबाट हामी सुरु गर्दै छौँ । हामी यो माग उठाइरहेका छौँ माउन्ट एभरेस्टको नाम माउन्ट सिकदर हुनुपर्छ । अब भारतले पनि माउन्ट एभरेस्टमाथि आफ्नो दाबी सारा विश्वका अगाडि राख्नुपर्छ ।’

यसरी नेपालका प्रधानमन्त्रीको अन्तर्वार्ता लिने भनेर नेपाल आमन्त्रण गरिएका भारतीय पत्रकारले सर्वोच्च शिखरमाथि नै दाबी प्रस्तुत गरेर नेपाली राष्ट्रियतालाई पुनः आघात पुर्‍याउने काम भएको छ ।

‘म तपाईंको हरेक कुरा मान्न तयार छु । के हामी यो बातचित अझै अगाडि बढाउन सक्छौँ ? मेरो मतलब के हामी सँगै डिनर गर्न सक्छौँ ?’

‘हा. हा. हा., म पनि तपाईंसँग केही पल बिताउन चाहन्छु, ता कि तपाईंको बारेमा थप जान्ने मौका पाइयोस् ।’

यो कपोलकल्पित र आपत्तिजनक रिपोर्टको सिंगो नेपालले एक स्वरले विरोध मात्र गरेको थिएन, नेपाली केबल टेलिभिजन प्रसारकहरूले जी न्युजको प्रसारणसमेत नेपालमा बन्द गरिदिएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको