January 25, 2021, Monday
२०७७ माघ १२, सोमबार

नियम विपरीत अतिरिक्त शुल्क लिने नेशनल मेडिकल कलेजलाई कारबाही गर्न माग

  • 2
    Shares

काठमाडौं, नियम विपरीत अतिरिक्त शुल्क लिने वीरगञ्जस्थित नेशनल मेडिकल कलेजलाई कारबाही गर्न नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले माग गरेको छ ।

नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले मंगलबार विज्ञप्ति जारी गर्दै अतिरिक्त शुल्क नतिरेको भन्दै दुई विद्यार्थीलाई एमबिबिएसको परीक्षा दिन रोकेर विद्यार्थीको भविश्यमाथि खेलवाड गर्ने कलेज र त्यसका सञ्चालकलाई कारवाही गर्न माग गरेका हुन् ।

छात्रवृत्ति पाएका विद्यार्थीलाई बस्न र खानबाहेक अन्य कुनै शीर्षकमा रकम नलिन विश्वविद्यालय अनुदान आयोगले स्पष्ट व्यवस्था गरिसकेको अवस्थामा जबर्जस्ती रकम असुल गर्नका लागि परीक्षामा सामेल हुन नदिनु दुःखद् भएको उनले बताए ।

नेविसङ्घले परीक्षा दिनबाट वञ्चित गरिएका रामजी राम र पङ्कज रामलाई तत्काल पुनः परीक्षाको व्यवस्था मिलाउन त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा अध्ययन संस्थान र डीनको कार्यालयसँग माग गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको