January 23, 2021, Saturday
२०७७ माघ १०, शनिबार

सङ्घीयता र गणतन्त्र रक्षाका लागि लोकतान्त्रिक शक्ति गोलबद्ध हुनुपर्छ: उपेन्द्र यादव

  • 13
    Shares

पर्सा, जनता समाजवादी पार्टी (जसपा) नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले सङ्घीयता र गणतन्त्र रक्षाका लागि सबै लोकतान्त्रिक शक्ति गोलबद्ध हुनुपर्ने आजको आवश्यकता रहेको बताएका छन् ।

सङ्घीय प्रेस फोरम पर्साले मंगलबार वीरगञ्जमा अयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकारको असंवैधानिक कदमका कारण सङ्घीयता र गणतन्त्र जस्ता प्राप्त उपलब्धि गुमिने खतरा उत्पन्न भएकाले वर्तमान राजनीतिक जटिलताबाट मुलुकलाई बाहिर निकालन सबै लोकतान्त्रिक शक्ति एकजुट हुन आवश्यक रहेको बताए ।

उनले संसद विघटनबारे सर्वोच्च अदालतमा परेको रिटको फैसला लोकतन्त्रवादीको पक्षमा आउने र संसद पुनस्र्थापित हुनेमा आफू विश्वस्त रहेको उल्लेख गर्दै वैशाख महिनामा कुनै पनि हालतमा निर्वाचन नहुने बताएका छन् ।

उनले प्रतिनिधिसभा विघटनको विषय विशुद्ध राजनीतिक भएकाले यसको निकास पनि राजनीति तवरले खोज्न जरुरी रहेको बताए ।

शीर्ष समाचार

धेरै पढिएको